युवा नेता सुवर्ण केसीद्वारा नेपाली कांग्रेस कास्की ३ को सभापतीमा उठ्दै


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०८३ मा प्रकाशित




पोखरा, असोज ११

युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ को सभापतीमा उठ्ने घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका केसीले कास्की ३ को सभापतीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । केसी पोखरा महानगरपालिका वडा नम्बर ४ का पूर्व जनप्रतिनिधि हुन् । अघिल्लो कार्यकालमा वडा सदस्य भएका केसी पछिल्लो समयमा पार्टी राजनीतिमा सकृय छन् ।

पार्टीका निवर्तमान सभापती शेरबहादुर देउवा समूहका जितजंग बस्नेत निकट रहेका उनी हाल भने संस्थापन पक्षमा छन् । शुरुदेखि नै संस्थापन पक्षमा खुलेर लागेका उनी संगठनमा पकड राख्ने मध्यका एक नेता भएको उनी निकट स्रोत बताउँछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।