नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं। २ ख को सभापति पदका लागि युवा नेता सुबर्ण केसीले उम्मेदवारी दर्ता गराएका छन्। कास्की कांग्रेसमा लामो समयदेखि सक्रिय केसीले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यसहित सभापति पदमा मनोनयन दर्ता गराएका हुन्।
केसीले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। संगठनभित्र विचार, संवाद र जिम्मेवार प्रतिस्पर्धाको संस्कार विकास गर्दै पार्टीलाई समयअनुकूल अघि बढाउनुपर्ने उनको धारणा छ। सभापतिको जिम्मेवारीलाई आफूले केवल पदका रूपमा नभई संगठनलाई सही दिशामा अघि बढाउने नेतृत्वको अवसरका रूपमा लिएको केसीले बताएका छन्।
निर्वाचित भएमा पार्टीका नेता–कार्यकर्ता र आम नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै कास्की क्षेत्र नं। २ ख मा कांग्रेसको संगठनलाई सक्रिय र प्रभावकारी बनाउने उनको प्रतिबद्धता छ। युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने तथा बदलिँदो समयअनुसार पार्टी संगठनलाई अघि बढाउने विषयलाई पनि केसीले आफ्नो उम्मेदवारीको मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







