पोखरा, १६ असोज — नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को सभापतिमा सरोज केसी निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतान्तरले पराजित गर्दै क्षेत्रीय सभापतिको जिम्मेवारी हात पारेका हुन्।
कुल ९ सय ७० मत खसेको निर्वाचनमा केसीले ४ सय ७२ मत प्राप्त गरे। गुरुङले ४ सय ११ र अर्की उम्मेदवार अप्सरा श्रेष्ठले ७० मत प्राप्त गरिन्।
दुई दिनअघि भएको मतदानको मतगणना बिहीबार राति साढे १ बजे मात्र सकिएको थियो। कांग्रेसमा लामो समयदेखि सक्रिय केसी यसअघि प्रदेश सभा सभापति थिए।
यसैबीच, कास्की क्षेत्र नम्बर १ (ख) को सभापतिमा अर्जुन गुरुङ निर्वाचित भएका छन्। उपसभापतिमा लोकबहादुर गुरुङ एक मतको झिनो अन्तरले निर्वाचित भए भने सचिवमा किरण अधिकारी २ सय ९६ मतसहित विजयी भएका छन्।
कास्की क्षेत्र नम्बर १ (क) को सभापतिमा भने नरेन्द्र थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १६ असोज — नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय…







