राष्ट्रपति पौडेलकी छोरी महाधिवेशन प्रतिनिधिमा पराजित, कास्की १ मा को–को भए महाधिवेशन प्रतिनिधि ?


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०८३ मा प्रकाशित




राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमै पराजित भएकी छिन् ।

कास्कीको निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा खुल्ला महिलामा उमेद्वारी दिएकी उनले कुल खसेको मतमा जम्मा २८९ मत मात्र प्राप्त गरिन् ।खुल्ला ४ जनाका लागि ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए । अधिवेशनमा ९७५ मत खसेको थियो ।त्यस्तै क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधी खुल्लामा केन्द्रीय सदस्य कृष्ण केसी, अर्का केन्द्रीय सदस्य तिलक रानाभाट, जीवन परियार, कास्की कांग्रेसका सभापति किशोरदत्त बरालसहित राजेन्द्रमणि लामिछाने, दीपक गुरुङ, भानुभक्त ढकाल, नबिन सिग्देल, बुद्धिमान गुरुङ,सुदीपमोहन भट्टराई बिजयी भएका छन। श्रमिक तर्फ कृष्णबहादुर केसी,पेशागतमा डा.विनायक पण्डित,युवा महिलामा सोना राणा,युवा खुल्लामा देवीजगं गुरुङ र ई. निरोज लामिछाने निर्वाचित भए ।

त्यस्तै अपाङ्गतर्फ अर्जुन भण्डारी,प्रजातन्त्र सेनानी नविनबाबु पौडेल,मुस्लिमतर्फ सराफल अलि मिया,दलित खुल्लामा सुजता बराल सुनार,आदिबासी जनजाति महिलामा गी माया गुरुङ र पार्वती राना मगर, पुरुष खुल्लामा देवीजङ्ग गुरुङ र पुर्णकुमार गुरुङ, खस आर्यतर्फ किरण बराल र सन्तोष बास्तोला, महिलामा ईन्द्रमाया बानियाँ र शान्तिकुमारी खनाल चयन भए । त्यस्तै खुल्ला महिलामा कोपिला रानाभाट, डाल्डादेवी भुजेल,निशा मल्ल र रेनुका गुरुङ निर्वाचित भए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।