पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ, कास्कीले बधाई तथा सम्मान गरेको छ।
पोखरामा शनिबार आयोजित एक विशेष समारोहका बीच नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको हो। नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीका अध्यक्ष मन बहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले सुनचाँदी व्यवसायमा रहेका विविध नीतिगत जटिलता र राज्यको हेर्ने दृष्टिकोणबारे चिन्ता व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शोभा गौतमले व्यवसायीका समस्या समाधानका लागि पोउवा सदैव प्रतिवद्ध रहेको बताईन् । उनले भनिन् , “सुनचाँदी व्यवसाय केवल व्यापार मात्र नभई यो हाम्रो परम्परा, रोजगारी, कला र आभूषणसँग जोडिएको संवेदनशिल क्षेत्र हो। राज्यले व्यवसायीलाई शंकाको दृष्टिकोणले हेर्नु हुँदैन, सम्मानजनक व्यवहार गर्नुपर्छ। हामी व्यवसायीको हकहित र शान्ति सुरक्षाका लागि सहकार्य गरेर अघि बढ्न तयार छौँ।”
त्यस्तै संघका महासचिव सुदिप प्रधानाङ्गले सुनचाँदी व्यवसायीहरूले नेपाली कला र कारिगरीलाई विश्वभर चिनाउन ठूलो योगदान पुर्याएको चर्चा गर्दै सरकारले व्यवसायीमैत्री नीति ल्याउनुपर्नेमा जोड दिए । उनले नीतिगत सुधार र समस्या समाधानका लागि व्यावसायिक संस्थाहरू एक ठाउँमा बसेर छलफल गर्नुपर्ने आवश्यकता औंल्याए । समारोहमा अध्यक्ष मन बहादुर सुनारले वार्षिक करिब ५ अर्ब रुपैयाँ राजश्व बुझाउने सुनचाँदी व्यवसायीहरूलाई राज्यले बेलाबेलामा दुःख दिने गरेको गुनासो गरे । राज्यको हेर्ने दृष्टिकोण फरक भएकै कारण व्यवसायीहरू मारमा परेको भन्दै उहाँले समस्या समाधानका लागि संघसँग निरन्तर सहकार्य भइरहेको पनि बताए ।
यस्तै निवर्तमान अध्यक्ष भरत विकले लाभकर व्यवहारिक नभएकाले विगतमा आन्दोलन नै गर्नुपरेको स्मरण गराउनुभयो। स्पष्ट नीति नियम र निर्देशिका नहुँदा व्यवसाय र लगानीमा ठूलो समस्या परेको उल्लेख गरे । संघका महासचिव सुरेन्द्र विकले सञ्चालन गरेको कार्यक्रमको समापन प्रथम उपाध्यक्ष सुरेन्द्र विकले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १७ असोज । सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत कार्यरत कर्मचारी तथा सूचना तथा…







