सिद्धार्थ क्लब पोखराको नवनिर्वाचित समितिलाई पदस्थापन गराईएको छ ।
नवनिर्वाचित अध्यक्ष सुनिल श्रेष्ठसहित प्रथम उपाध्यक्ष नवराज कुमार गोठाजु ,द्वितिय उपाध्यक्ष प्रकाशमान श्रेष्ठ, निर्देशक ज्ञानेश्वर राज श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष मदन कुमार मुल्मी,सह—सचिव जमुना अधिकारी तिमिल्सिना, कार्यसमिति सदस्य पदमा शशी मर्सानी र विरेन्द्र बाटाजलाई शनिबार एक कार्यक्रमका बिच पदस्थापन गराइएको हो । कार्यक्रममा प्रमुख अतिथि गैर सरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारीले सिद्धार्थ क्लबका कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबको सामाजिक कार्यक्षेत्र विस्तारका लागि अनुरोध गरे । क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले आफनो कार्यकालमा सक्रिय रहि सामाजिक कार्यक्रमहरु सम्पन्न गरेको जानकारी गराउदै नवनिर्वाचित कार्यसमितिको सफलताको कामना व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मीले वर्तमान समाजमा सामाजिक विकृतीहरु विभिन्न माध्यमबाट मौलाइरहेको बारे बोल्दै ति विकृतीहरु सामाधन गर्ने कार्यमा संघ संस्था लाग्नुपर्ने आवश्यकतामा जोड दिनु भयो ।
यसैगरि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमले पोखराको सामाजिक छबि उच्च राख्न सिद्धार्थ क्लब संगको सहकार्यलाई मजबुत बनाउन तत्पर रहेको भनाई राखिन । बगालेटोल टोल विकास संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले सिद्धार्थ क्लबसंग हातेमालो गर्दै क्लब सेरोफेरोमा सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्न टोल विकास संस्था इच्छुक रहेको भनाई राखे । कार्यक्रममा सिद्धार्थ आवाज बुलेटिन विमोचन गरिनुका साथै कार्यक्रम संयोजक र सहयोगी दाताहरुलाई मायाको चिनो, शैक्षिक सत्र २०८२ मा एस.ई.ई उत्तिर्ण क्लब सदस्यका छोरा छोरी तथा बाल शैक्षिक कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुनिल श्रेष्ठ तथा परिवारले स्वर्गिय बुवा डिल बहादुर श्रेष्ठको स्मृतिमा क्लबको बाल शैक्षिक कार्यक्रमका लागी अक्षरुपी दुई लाख रुपैयाको अक्षयकोष स्थापना गरे । साथै समाजसेवी विनोद के.सीले आफनो शुभजन्मदिनको अवसरमा सोही कोष वृद्धिका लागि अक्षरुपी पच्चीस हजार रुपैया प्रदान गरे । पूर्व अध्यक्ष रवि मर्सानीले संचालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष एवं पदस्थापन कार्यक्रमका संयोजक ईन्दिरा मर्सानी श्रेष्ठले स्वागत गरेकी थिइन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १७ असोज । सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत कार्यरत कर्मचारी तथा सूचना तथा…







