पोखरा १६, तल्लो दिपमा रहेको संयुक्त मार्ग टोल विकास समितिले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
नेपालीजनका महत्वपुर्ण चाडपर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा संस्थाले त्यस टोलका जेष्ठ नागरिक जौमाया गुरुङ र खड्गबहादुर गुरुङलाई सम्मान गरेको हो । उनीहरुलाई संस्थाका अध्यक्ष समाजसेवी टेकनाथ आचार्य र संस्थाका कोषाध्यक्ष उषा गुरुङले दोशल्ला, सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले टोल विकास संस्थाले सम्पादन गरेका कार्यहरुको जानकारी दिदैं, टोलको समग्र विकासमा स्थानीयको भुमिका महत्वपुण हुने बताए । उनले चाडपर्व धार्मिक तथा सांस्कृतिक एकताको प्रतिक भएको बताउँदै, आआफ्नो गच्छे अनुसार संस्कृति प्रर्वद्धन गर्ने हेतुले मनाउन आग्रह गरे ।
सल्लाहकार कवि छविलाल आचार्यले बडादशैंको महिमा प्रस्तुत गर्दै,असल समाज निर्माणमा यस्ता संघ संस्थाको भुमिका महत्वपुर्ण हुने बताए । अध्यक्ष टेकनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष उषा गुरुङ, सदस्य गमबहादुर गुरुङलगायतले सामुहिक भावनाबाटै समाजको विकास र रुपान्तरण गर्न सकिने धारणा व्यक्त गरे । सहभागी बिच एक आपसमा शुभकामना आदान प्रदान गरिएको कार्यक्रमको संचालन सचिव पार्वती आचार्यले गरेकी थिईन् । १ सय ८० घरधुरी आवद्ध सो संस्थाले बार्षिक क्यालेण्डर नै बनाएर नियमित रुपमा कार्यक्रम संचालन गदै आईरहेको छ ।
संस्थाले स्वास्थ्य शिविर, अवलोकन भ्रमण, नियमित टोल सरसफाई अभियान र विपन्न वर्गलाई सहयोग जस्ता कार्यक्रम गर्दै आईरहेको जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







