सिग्देल बन्धु प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिले प्रदेशका बिभिन्न जिल्लामा छरिएर रहेका सिग्देल बन्धुलाई प्रतिष्ठानमा समाहित गर्ने भएको छ ।
प्रतिष्ठानको दुलेगौंडामा सम्पन्न दोस्रो पूर्ण बैठकले सबै बन्धुहरुलाई एकिकृत गर्ने गरी अभियान नै संचालन गर्ने निर्णय गरेको हो । प्रदेश समितिको स्थापना दिवस तथा साधारण सभा आगामी मंसीर ६ गते तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित अलैंचेमा गर्ने गरी तयारी सुरु गरिएको प्रतिष्ठानका उपाध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । उनका अनुसार सिग्देल बन्धुहरुको पहिचान समेट्ने गरी पुस्तक प्रकाशन गर्नुका साथै बार्षिक रुपमा क्यालेण्डर र टेलिफोन डायरी तयार गर्ने निर्णय समेत गरिएको छ । प्रतिष्ठानको बृद्धि विकासका लागि अर्थ संकलनसहित कोष बृद्धि गर्ने, बन्धुत्वबिचको एकतालाई थप प्रगाढ बनाउने जनाईएको छ ।
प्रतिष्ठानका केन्द्रीय सदस्य मैयाँदेवी सिग्देलले बार्षिक रुपमा योजना तर्जुमा गरि अगाडी बढ्नुपर्नेमा जोड दिईन् । गण्डकी प्रदेश समितिका अध्यक्ष तुलसी सिग्देलको अध्यक्षतामा भएको सो भेलामा केन्द्रीय सदस्य बिष्णुप्रसाद सिग्देल, गण्डकी प्रदेश समितिका सल्लाहकार दामोदर सिग्देललगायतले भावी योजनाका बारेमा चासो राखेका थिए । सो अवसरमा उपाध्यक्ष श्रीराम सिग्देलले ९ महिनाको बिचमा भएका समितिका गतिविधि सहितको रिपोर्टिङ्ग गरेका थिए । सचिव केशव सिग्देलले संचालन गरेको बैठकमा कोषाध्यक्ष दधिराज सिग्देलले प्रतिष्ठानको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहभागीहरुबीच नेपालीहरुको महान् चाड बडादशैं , शुभदिपावली, नेपाल सम्वत, छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







