चौंथो संस्करणको प्रगति खेल उत्सव दुई दिन हुने


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०८३ मा प्रकाशित




शिशिर उजाड
पोखरा

पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले चौैथो संस्करणको खेल उत्सव आयोजना गर्ने भएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मानसिक तथा शारीरिक विकासका लागि आयोजना गरिएको उत्सव यही कार्तिक १९ र २० गते पोखरा रंगशालामा हुने विद्यालयले जनाएको छ। विद्यार्थीलाई खेलसँग सम्बन्धित क्रियाकलापमामा सक्रिय गराउने उद्देश्यले विगतका बर्षहरुबाटै वृहत खेल उत्सवको आयोजना गर्दै आइरहेको परिकल्पनाकार दिनेश कुमार श्रेष्ठले जानकारी दिए। विद्यालयबाट सिकाई उपलब्धि हासिल गरेका विद्यार्थीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी भएको र राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्याएको बताउँदै, परिकल्पनाकार श्रेष्ठले विद्यालयले बिभिन्न समयमा खेलकुद गतिविधीका अलवा साहित्यिक मेला,नाट्य उत्सव, संगीत उत्सव, सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको बताए ।

उत्सवका अनौपचारिक खेलहरु विद्यालयमा आयोजना भईरहेको र मुख्य ईभेन्टका फाईनल खेलहरु दुई दिनसम्म पोखरा रंगशालामा आयोजना हुने सुचना अधिकारी जयराम पौडेलले बताए। उत्सवमा छात्र फुटबल, छात्र,छात्रा तर्फको ह्याण्डबल, बास्केटबल,व्याडमिन्टन,हाइजम्प,लङ्गजम्प,१ सय मिटर रिले दौड, ५०,१००,२००,४०० र ८०० मिटर दौड प्रतियोगिता आयोजना गरिएको संयोजक सुमन कार्कीले जानकारी दिए। प्रारम्भिक चरणका खेलहरु जारी रहेको उनले बताए। उत्सवलाई व्यवस्थित बनाउन कार्कीको संयोजकमा बिभिन्न समिति गठन गरिएको छ । उत्सवको कार्यक्रम नियन्त्रणमा महेन्द्र थापा,सहसंयोजनमा राम पौडेल,कमल नेपाली, खेल संयोजनतर्फ विधागत रूपमा पुर्ण मान गुरुङ, दिनेश श्रेष्ठ, शंकर केसी, विशाल नेपाली,दिवस अधिकारी,सुरज देवकोटा, महेन्द्र थापा र मन बहादुर गुरुङ छन्।

त्यस्तै वित्तीय व्यवस्थापनमा जयराम पौडेल, स्वास्थ्य व्यवस्थापन अनिता बस्नेत, अतिथि सत्कारमा दिनेश अर्याल, जयराम पौडेल र ममता गुरुङ,लोजोष्टिक सपोर्टमा चिनबहादुर कार्की, खाना व्यवस्थापनमा मीना कार्की, यातायात व्यवस्थापन चिन्ता खवास,पुरस्कार व्यवस्थापन जयराम पौडेल,माला, खादा व्यवस्थापन विश्वराज अधिकारी,सुचना संचारमा विष्णु तिमिल्सीना,स्टेज व्यवस्थापनमा सुरज देवकोटा, कार्यालय व्यवस्थापनमा विनोद भुजेल, कार्यक्रम संचालनमा सन्ध्या वसेल, प्रतिमा गुरुङ र अफिसियल सपोर्टका रूपमा कास्की जिल्ला एथलेटिक्स संघ रहेको विद्यालयले जनाएको छ। प्रतियोगितामा बिभिन्न १२ ईभेन्टमा विद्यार्थीले सहभागिता जनाएका छन्।उत्सवको उद्घाटन बिहिबार पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख पदमराज आचार्यले गर्नुहुने र शुक्रबारको समापन कार्यक्रम नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठकको प्रमुख आतिथ्यतामा हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बानियाँले जानकारी दिए।समापनका दिन बिभिन्न ईभेन्टका फाईनल खेल संचालन हुने बताईएको छ ।

‘आज सिक र भोलि नेतृत्व गर’ भन्ने आदर्श सहित ३६ बर्ष अघि स्थापना भएको विद्यालयले यसअघि भोटेकोशी बाढी प्रभावितलाई ७ लाख बढी सहयोग गर्नुका साथै बिभिन्न सामाजिक तथा शैक्षिक गतिविधि गर्दै आइरहेको जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।