लिटल फ्लावरमा स्पोर्टस् मिट सुरु


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०८३ मा प्रकाशित




पोखराको रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा वार्षिक कार्यक्रम अन्तर्गत स्पोर्टस् मिट सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले स्कुलले उत्कृष्ट शिक्षाको साथसाथै अनुशासित बनाउँदै छात्रछात्राहरुलाई खेलहरुमा सहभागी गराएकोमा खुशी व्यक्त गर्दै खेलमा उत्कृष्टता प्रदर्शन गर्न विद्यार्थीहरुलाई पे्ररित गरे ।अनुशासित व्यक्तिका भविष्यमा चारैतर्फ ढोका खुल्ला रहने धारणा राखे । बरिष्ठ फुटबल प्रशिक्षक शम्भू केसी लगायतका आमन्त्रित व्यक्तित्वहरुले शिक्षक सुरेश लामालाई बल हस्तान्तरण गरेर खेल अगाडि बढाएका थिए । विद्यालय संस्थापक देवी प्रधान खड्काले खेलकुद हारजितको लागि भन्दापनि विद्यार्थीको सर्वाङ्गिण विकासको लागि आयोजना गरिएको वताइन्।

कार्यक्रममा प्रिन्सिपल बिकल पौडेल, राइजिङ्ग स्टार युवा क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङ्ग र वर्तमान अध्यक्ष तिलबहादुर गुरुङ्गले बोलेका थिए। अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी गुरुङ्गले अनौपचारिक रुपमा सोमवारदेखि नै सञ्चालन गरिएको खेलकुद अन्तरगत विभिन्न दुरीका दौड,रिले ,भलिवल,फुटवल,बास्केट बल ब्याडमिन्टन,टेबल टेनिस लगायतका खेल सिनियर र जुनियर समूहमा खेलाईने जानकारी दिईन् । विव्यस अध्यक्ष तिलकसिंह गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दश जोड दुईका संयोजक बिष्णुहरि पौडेल र एकडेमिक डिन विचित्र न्यौपानेले गरेका थिए ।

सल्लाहकार इन्द्रबहादुर गुरुङ्ग र अनिल गुरुङ्गले विद्यार्थीहरुका चार सदनले प्रस्तुत गरेका मार्च पासको मूल्याङ्कन गरेका थिए । शुभारम्भ कार्यक्रमका अवसरमा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।