सन्देश श्रेष्ठ
पोखरा, कात्तिक १७
सामाजिक सञ्जालमा गृहमन्त्री सुदन गुरुङबिरुद्ध भ्रम फैलाएको आरोपमा कास्कीका गोविन्द अधिकारी पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसवुकमा ‘गोरखामा सुदन गुरुङलाई लखेटे’ भन्ने शीर्षकमा भिडियो सामग्री (रिल्स) पोष्ट गरेको आरोपमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अधिकारी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता हुन् । उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत (साईबर अपराध) सम्बन्धी मुद्धामा अनुसन्धानका लागि कास्की प्रहरीले पक्राउ गरेर गोरखा पठाएको छ ।
आईतबार सामग्री पोष्ट गरेका उनलाई सोमबार साँझ प्रहरीले पोखरा—८ नागढुंगाबाट पक्राउ गरेको परिवारले जनाएको छ । सोमबार साँझ पक्राउ परेका उनलाई मंगलबार विहान मात्रै गोरखा लगिएको थियो ।
गृहमन्त्री सुदन गुरुङको ठाडो आदेशमा अधिकारी पक्राउ परेको आशंका गरिएको छ । सामाजिक सञ्जालमा अधिकारीले हालेको भिडियो भाइरल भएपछि गृहमन्त्रालयदेखि प्रहरी हेडक्वाटर, प्रदेश प्रहरी र जिल्ला प्रहरीसम्म आतंक फैलिएको स्रोत बताउँछ । स्रोत भन्छ,‘भिडियो पोष्ट भएलगत्तैदेखि गृहमन्त्रालयले चासो राख्न शुरु गरेको थियो, जसले प्रहरी हेडक्वाटर, प्रदेश प्रहरी र जिल्ला प्रहरीसम्मको निद हराम ग¥यो ।’
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले गोरखा प्रहरीको अनुरोधमा अधिकारीलाई पक्राउ गरेर पठाएको जानकारी दिए । निवेदन साईबर ब्यूरोमा प¥यो वा गोरखा जिल्ला प्रहरीमा भन्ने यकिन भएन,उनले भने,‘हामीलाई गोरखा प्रहरीले पक्राउ गरेर पठाउनू भनेकाले पक्राउ गरेर पठाएका छौं ।’ सामाजिक सञ्जालमा भ्रम फैलाएको वा सामाजिक सञ्जालमा लेख्न नहुने विषय लेखेको भन्ने दुईमध्य एक विषयमा पक्राउ गरिएको हुनसक्ने उनको भनाई छ ।
गोरखा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले हुँदै नभएको कुरा राखेर भ्रम फैलाएकाले अधिकारीलाई पक्राउ गरिएको बताए । दुई÷तीन वर्ष अगाडिको घटनालाई गृहमन्त्री गुरुङ गोरखा पुगेको समयमा लखेटिएको भनेर सामाजिक सञ्जालमा भिडियो सामग्री हालेकाले पक्राउ गरिएको हो,उनले भने,‘उनीमाथि शान्ति सुरक्षामा खलल पु¥याएको तथा हुँदै नभएको कुरामा भ्रम फैलाएको मुद्धामा अनुसन्धान गरिदैछ ।’ उनका अनुसार गोरखा जिल्ला अदालतमा मंगलबार अधिकारीलाई उपस्थित गराएर ५ दिनको म्याद थप गरिएको छ ।
डिएसपी श्रेष्ठले गृहमन्त्रीको ठाडो आदेशमा अधिकारी पक्राउ नपरेको बताए । उनीमाथि कसैले निवेदन पनि नदिएको बताउँदै उनले भने,‘जिल्ला प्रशासन कार्यालयले नै विज्ञप्ती निकालेर खण्डन गरिसकेको विषयमा सामाजिक सञ्जालमा भ्रम फैलाईरहेपछि पक्राउ गरिएको हो । साईबर ब्यूरो वा गोरखा प्रहरीमा जाहेरी वा निवेदन परेको भने होईन ।’
अधिकारीको पक्राउप्रति नेकपा कास्कीले चासो व्यक्त गरेको छ । प्रहरीले पक्राउ गरेर गोरखा पु¥याएलगत्तै नेकपा कास्कीका ईञ्चार्ज रामजीप्रसाद बराल, संयोजक खड्ग हमाललगायतका नेताहरु कास्की प्रहरी प्रमुख, प्रदेश प्रहरी प्रमुखलगायत भेट्न पुगेका थिए । ईञ्चार्ज बरालले अभिव्यक्ति स्वतन्त्रताको हक विपरित अधिकारीलाई पक्राउ गरिएकोभन्दै तत्काल रिहाई गर्न माग गरेका छन् । ‘सामाजिक सञ्जालमा लेखेकै आधारमा, बोलेकै आधारमा राज्य दमनमा उत्रिनु शोभनीय हुँदैन’—उनले भने ।
त्यस्तै, वाईसिएल कास्कीले विज्ञप्ती नै निकालेर अधिकारीको रिहाईको माग गरेको छ । सरकारको आलोचना गर्ने नागरिकलाई पक्राउ गरेर बिचार र आवाजलाई नियन्त्रण गर्न खोज्नु निरंकुश प्रवृत्ति भएकोभन्दै उसले विरोध गरेको छ । ‘राज्यसत्ताको बलमा नागरिकको आवाज दबाउन खोज्नुले लोकतन्त्र बलियो हुँदैन र राज्यप्रतिको विस्वाससमेत कमजोर बन्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक १७ सामाजिक सञ्जालमा गृहमन्त्री सुदन गुरुङबिरुद्ध भ्रम फैलाएको आरोपमा…







