पोखरा, २४ कात्तिक : होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यही कात्तिक २५ गते १९ औं भाइटिका महोत्सव २०८३ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ । अपरान्ह तीन बजे सुरु हुने महोत्सवमा उपस्थितिका लागि सम्पूर्ण मिडियाकर्मीलाई संघले हार्दिक अनुरोध समेत गरेको छ । नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महोत्सवले मद्दत गर्ने छ ।
महोत्सवप्रति विदेशी पर्यटकको आकर्षण र सहभागिता बढ्दै गएको र कतिपय पर्यटक दोहोर्याएर समेत टिका लगाउन आउने गरेका छन् । यस वर्षको महोत्सवमा एक सय हाराहारी पर्यटकले भाइटिका लगाउने अनुमान संघको रहेको छ । महोत्सवमा तिहार पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे पर्यटकलाई जानकारी गराइने छ । सो अवसरमा सेलरोटी लगायतका परम्परागत परिकार खुवाउने तथा देउसी–भैलोको पस्तुती पनि रहने छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सीपमा दक्ष बनाउँदै रोजगारीका अवसरसँग…







