राष्ट्रिय स्वास्थ्य पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०८३ मा प्रकाशित




युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गर्दै आएको राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गर्न प्रतिभा छनोट समिति गठन भएको छ ।

अग्रज पत्रकार केशवशरण लामिछानेको संयोजकत्वमा रहेको समितिमा पत्रकारद्वय फडिन्द्र अकिञ्चन र ऋषि खतिवडा, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त र प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला सदस्य छन् । स्वास्थ्य क्षेत्रलाई पत्रकारितामा समेट्ने एक जनालाई बर्सेनि प्रदान गरिने यो पुरस्कारको राशि नगद ३३ हजार ३ सय ३३ रुपैयाँ र ताम्रपत्र छ । यो फाउन्डेसनलाई गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले प्रवर्धन गर्दै आएको छ ।

१३ वर्षअघि स्थापना भएको युआरएलले गण्डकी प्रदेशका विभिन्न जिल्लामा २४ स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।