पोखरा, मंसिर १
यामाहा पोखराले आयोजना गरेको भाग्यशाली बिजेता पोखरा महानगरपालिका–७ का खड्कबहादुर थापा भएका छन् । भि.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लि (यामाहा) मोटरसाइकल तथा स्कुटरको पोखराका लागि आधिकारिक विक्रेतालेनेपालीको महान चाडहरु बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा ग्राहकलाई लक्षित गरी आयोजना गरेको टेस्ट राइड तथा बिक्री कार्यक्रमको सोमबार गरिएको लक्की ड्रबाट थापा भाग्यशाली बन्दै आईफोन सेभेन्टिन जित्न सफल भएका हुन् ।
टेस्ट राइड तथा बिक्री कार्यक्रममा ९ सय जना सहभागी भएकोमा थापा बिजयी भएको भिएडब्लुका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले जानकारी दिए ।
२०८३ साल असारदेखि कात्तिक ३ गतेसम्म भएको कार्यक्रममा सहभागी ग्राहकबाट र्यान्डम लक्की ड्रमार्फत विजेता छनोट गरिएको थियो । सोमबार पोखरा नयाँबजारस्थित यामाहाको आफ्नै शोरुममा आयोजित कार्यक्रममा यामाहा स्कुटर सर्भिसिङ गर्न पुगेका पोखरा महानगरपालिका–३ का वडाध्यक्ष प्रकाशमान उदासले विजेता छनोट गरेका थिए ।
लक्की ड्रलाई निस्पक्ष र पारदर्शी बनाउन पोखराका एक दर्जन सञ्चारमाध्यमका पत्रकारहरुको बिचमा लक्की ड्र गरिएको थियो भने सो लक्की ड्रको यामाहा पोखराको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।
भि.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लि प्रबन्ध निर्देशक सरोज श्रेष्ठले ग्राहकसँगको सम्बन्ध प्रगाढ बनाउन उपहार तथा प्रोत्साहनमूलक कार्यक्रम आयोजना गर्दै आएको बताए। उनले आगामी दिनमा थप आकर्षक र नवीन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १ मंसिर । तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको…







