कास्की प्रहरीले जारी राखेको अपरेशन सभ्यताका क्रममा थप ४ जना पक्राउ परेका छन् ।
अभियान अन्र्तगत सोमबार बिहान लेकसाईडमा गरिएको चेकजाँचको क्रममा ४ जना व्यक्ति र १२ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बिहान १ बजेदेखि ५ बजेसम्म भएको चेकजाँचमा झै झगडा गर्ने, पर्यटकलाई हैरानी दिने तथा दुव्र्यवहार गर्ने, अनैतिक तथा अवाञ्छित गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक रामजी देवकोटाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा मादक प्रदार्थ सेवन गरी होहल्ला गर्ने २ जना पुरुष र २ महिला छन् ।
नियन्त्रणमा लिईएका १२ वटा मोटरसाइकल मध्ये ९ वटा सवारी साधन चालकलाई मापसे कारवाही गरिएको र एयटा सवारी साधनलाई ट्राफिक कारवाही गरिएको छ । २ वटा सवारी साधनलाई भने वडा प्रहरी कार्यालय, बैदाममा राखी थप अनुसन्धान र कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ । अभियान अन्र्तगत हालसम्म ८ महिलासहित १ सय ५२ जन व्यक्ति र ३ सय ५६ वटा सवारी साधनलाई कारवाही गरिएको बताईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १ मंसिर । तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको…







