नेकपा एमालेको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ।
स्थानीय निर्वाचनको तयारी र पार्टीलाई सृदृढ बनाउने लक्ष्यका साथ राष्ट्रिय भेला आयोजना गरिएको एमालेले जनाएको छ । भेलाको एमाले अध्यक्ष केपी शर्मा ओलीले बिरुवामा पानी हालेर उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको आलोचना गरेका छन् । उनले रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि समाज उल्टोबाटोतिर लागेको तथा जनताप्रति सरकार उत्तरदायी हुन नसकेको बताएका हुन् । अहिले देश राजनीतिक रूपमा एउटा आतंकको छायामुनि भएको टिप्पणी गरे।
सो भेलामा पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । पार्टीका सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्ठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल तीन हजार ४१४ जनाको सहभागिता रहने छ ।
भेलामा केही दिन अघिमात्रै कैद मुक्त भएका नेता टोपबहादुर रायमाझी पनि सहभागी भएका छन् ।यससँगै भेलामा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने भएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — फोहोरलाई पुनःप्रयोग र प्रशोधनमार्फत आम्दानीको स्रोत बनाउने उद्देश्यसहित पोखरामा आरयू…







