सन्देश श्रेष्ठ
पोखरा, मंसिर २
एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा मंसिरको दोस्रो शनिबार पोखरामा बृहद रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा यहि मंसिर १२ गते शनिबार रक्तदान कार्यक्रम हुने भएको हो ।
‘म त रक्तदान गर्दैछु, तपाईं नि रु भन्ने नारासहित रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा रक्तदान कार्यक्रम हुने एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । विहान ७ बजे शुरु हुने रक्तदान कार्यक्रम मध्याह्न १२ बजेसम्म जारी रहने उनले बताए । मिडिया हाउसले एफएमका बरिष्ठ समाचार वाचक शिशिर पौडेललाई रक्तदान कार्यक्रमको संयोजकको जिम्मेवारी तोकेर प्रक्रिया अगाडि बढाएको छ ।
एभरेस्ट मिडिया हाउसले १७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक रक्तदान गरेको ३ महिना अर्थात ९० दिन पूरा भएका र महिलाको हकमा मासिक रक्तश्राव भएको छैटौं दिन पुगेकाहरुलाई रक्तदानमा सहभागी हुन अपिल गरेको छ । त्यस्तै, मेजर अपरेसन नगरेका, क्यान्सर, किड्नी ट्रान्स्प्लान्ट नगरेका, ब्लड प्रेसर नर्मल ९औषधि खाइरहेको भए पनि बि पि ठिक छ भने दिन मिल्ने भएकाले उनीहरुलाई पनि रक्तदानमा सहभागी हुन मिडियाले आग्रह गरेको छ ।
रक्तदान आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान पनि भएको सम्पादक दीपेन्द्र श्रेष्ठले बताए । उनले भने,‘शरिरमा रक्तकोशिका फेरिने प्रक्रिया भइरहन्छ, अर्थात शरिरका पुराना रक्तकोशिका मर्ने र नया जन्मिने प्रक्रिया निरन्तर हुन्छ । त्यसैले खेर जाने उक्त रगत दान गरेर एक जना बराबर ३ जनासम्मको ज्यान जोगाउन सकिने भएकाले रक्तदानको महत्व धेरै छ ।’
मिडिया हाउसको छैटौं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमको अवसरमा निरन्तर रक्तदानको महत्व र फाईदाबारे सचेतना जगाउने कार्य पनि गरिने जनाइएको छ ।
हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिडियाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — फोहोरलाई पुनःप्रयोग र प्रशोधनमार्फत आम्दानीको स्रोत बनाउने उद्देश्यसहित पोखरामा आरयू…







