लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने २२औं लेखनाथ महोत्सव आगामी पुस २ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने भएको छ ।
“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि“ भन्ने नारासहित आयोजना हुने महोत्सवबारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिईएको हो ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले विषम आर्थिक परिवेशमा महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भए पनि सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय उत्पादनको बजारीकरण गरी कृषकलाई सम्भावनाको बाटो देखाउन यसलाई निरन्तरता दिइएको बताइन्। “वर्तमान परिवेशमा निजी क्षेत्रको मनोबल केही खस्किएको छ। बैंकमा तरलता प्रशस्त भए पनि लगानीमैत्री वातावरण नभएकाले निजी क्षेत्र लगानी गर्न इच्छुक देखिएको छैन,“ उनले भनिन्। अनुगमनका नाममा हुने हैरानी र व्यवसायमैत्री नभएको कर प्रणालीप्रति पनि उनले चिन्ता व्यक्त गरिन्। महोत्सव सिक्ने र सिकाउने थलो बनेको र यसलाई अनौपचारिक विश्वविद्यालयका रूपमा स्थापित गर्न सफल भएको उनको भनाइ थियो।
महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला, दैनिक उपभोग्य सामग्री, विद्युतीय उपकरण, फर्निचर, सूचना प्रविधि र सञ्चार उपकरणका साथै स्थानीय सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी र दुग्धजन्य उत्पादनको बिक्री तथा प्रदर्शनी हुनेछ। फुड फेस्टिभल, अटोमोबाइल र ग्रामीण प्रविधिको प्रदर्शनी, कृषि, पर्यटन र उद्योगबारे संवाद कार्यक्रम पनि रहनेछन्। महोत्सवको आकर्षणका रूपमा ’एसियाको ज्योति’ तथा शान्तिका दूत मानिने गौतम बुद्धको प्रतिमा राखिने जानकारी दिए ।
महोत्सव अन्र्तगत सांस्कृतिक कार्यक्रमतर्फ विभिन्न जातजातिका रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी ¥याली, भेषभूषा प्रदर्शनी, महिला विशेष रत्यौली, विद्यालयस्तरीय नृत्य र कवि शिरोमणि लेखनाथ पौडेलको सम्झनामा साहित्यिक कार्यक्रम हुनेछन्। यसैगरी पप कन्सर्ट, लाइभ ब्यान्ड, राष्ट्रिय स्तरका कलाकारको लोकदोहोरी, स्टेज सो ९हास्यव्यङ्ग्य०, बाल उद्यान, टिकटक प्रतियोगिता, बृहत् साइकल ¥याली र उत्कृष्ट स्टल पुरस्कार पनि आयोजनामा समेटिएका छन्। महोत्सवमा रहने ३३५ वटा स्टलमा गार्मेन्ट तथा रेडिमेट कपडा र फुटवेयरका सबैभन्दा बढी ११२ स्टल छन्। कृषि तथा पशुजन्य वस्तुका ४०, किचन सामग्रीका २६, जनरल स्टल २४, फुड एन्ड बेभरेज १८, खाना महोत्सव १७, हस्तकला १४, शैक्षिक÷ग्रामीण प्रविधि÷कृषि प्रदर्शनी १३, डेरी १३, मेसिनरी १२, नेपाली उत्पादन प्रदर्शनी १०, अटो प्रदर्शनी ६ र बैंक, वित्तीय संस्था तथा प्रायोजकका ३० स्टल हुनेछन्। संघका सदस्यले आफैँ स्टल राखे २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप रु। २ हजार छुट पाउनेछन्। सदस्यका लागि स्टल बुकिङ मंसिर ७ गते सोमबारदेखि नै खुला गरिएको छ भने अन्य व्यवसायीका लागि मंसिर ११ गतेदेखि खुला हुनेछ। प्रवेश टिकट विद्यार्थीका लागि रु। ५०, सर्वसाधारणका लागि रु। १०० र सुगम सङ्गीतका लागि रु. २०० तोकिएको छ।
आयोजकका अनुसार महोत्सवमा करिब २ लाख ७० हजार दर्शक आउने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। १ करोड ५ लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च हुने भएकाले २० लाख रुपैयाँ बचत हुने अनुमान छ। बचत रकम सात तालको संरक्षण तथा प्रवद्र्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणको पहल, पर्यटन प्रवद्र्धन र सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिनेछ। महोत्सव व्यवस्थित रूपमा सञ्चालन गर्न हालसम्म १० जना निर्देशक, ५५ सल्लाहकार, ५० उपसमिति संयोजक, ९० कार्यसम्पादन समिति सदस्य, १२० मूल समारोह समिति सल्लाहकार र ३०० मूल समारोह समिति सदस्य रहने गरी समिति गठन गरिएको छ।
मुख्य प्रायोजकको तर्फबाट संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले एग्रो थाई फुड्सले स्वदेशमै उत्पादन थालेपछि ऊर्जा पेयको आयातमा खर्चिने करिब हजार करोड रुपैयाँ बराबरको विदेशी मुद्रा जोगिएको बताए। उनका अनुसार कम्पनीले पाँचवटा प्लान्ट जडान गरेको छ, जसले तराईका उखु उत्पादक कृषकलाई लाभ पु¥याएको, विद्युत् खपत बढाएको र हजारौँ युवालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको छ। पत्रकार सम्मेलनमा धन्यवाद ज्ञापन गर्दै वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले महोत्सव सफल बनाउन सञ्चारमाध्यम, उद्योगी व्यवसायी, नागरिक समाज, विभिन्न संघसंस्था, कलाकार तथा स्थानीयवासीको सहयोग महत्वपूर्ण हुने भन्दै सबैलाई सहभागिताका लागि आग्रह गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए ।
महोत्सवको आयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन भने सहआयोजकमा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय र उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई…







