पोखरा, मंसिर १०
एभरेस्ट मिडिया हाउसको आयोजनामा मंसिर १२ शनिबार रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेस्ट मिडिया हाउसको छैटौं बार्षिकोत्सवको अवसरमा मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको आयोजनामा यहि शनिबार रक्तदान कार्यक्रम हुन लागेको हो । रक्तदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मिडिया हाउसले जनाएको छ ।
‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागि बनौं” भन्ने मूलमन्त्रकासाथ रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा शनिबार विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म रक्तदान कार्यक्रम हुने कार्यक्रम संयोजक तथा बरिष्ठ समाचार वाचक शिशिर पौडेलले जानकारी दिए ।
एभरेस्ट मिडिया हाउसले १७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक रक्तदान गरेको ३ महिना अर्थात ९० दिन पूरा भएका र महिलाको हकमा मासिक रक्तश्राव भएको छैटौं दिन पुगेकाहरुलाई रक्तदानमा सहभागी हुन सक्ने बताएको छ । त्यस्तै, मेजर अपरेसन नगरेका, क्यान्सर, किड्नी ट्रान्स्प्लान्ट नगरेका, ब्लड प्रेसर नर्मल (औषधि खाइरहेको भए पनि ब्लड प्रेसर नर्मल छ भने रक्तदान गर्न मिल्ने भएकाले उनीहरुलाई पनि रक्तदानमा सहभागी हुन मिडियाले आग्रह गरेको छ ।
रक्तदान आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान पनि भएको मिडिया हाउसका सम्पादक दीपेन्द्र श्रेष्ठले बताए । उनले भने,‘शरिरमा रक्तकोशिका फेरिने प्रक्रिया भइरहन्छ, अर्थात शरिरका पुराना रक्तकोशिका मर्ने र नया जन्मिने प्रक्रिया निरन्तर हुन्छ । त्यसैले खेर जाने उक्त रगत दान गरेर एक जना बराबर ३ जनासम्मको ज्यान जोगाउन सकिने भएकाले रक्तदानको महत्व धेरै छ ।’
मिडिया हाउसले स्थापना कालदेखि नै वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नियमित रक्तदानको महत्व र फाईदाबारे सचेतना जगाउने कार्य गर्दै आएको छ ।
रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर १० एभरेस्ट मिडिया हाउसको आयोजनामा मंसिर १२ शनिबार रक्तदान कार्यक्रम…







