पोखरा । उपभोक्ताहरुलाई सुलभ दरमा गुणस्तरीय सेवा दिने उद्येश्य सहित पोखरामा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर शुरु हुँदैछ ।
शिव शिखर बहुउद्येश्यि सहकारी संस्थाद्वारा सञ्चालित उक्त डिपार्टमेण्ट स्टोर पोखराको पस्र्याङमा आउँदो शनिबारदेखि शुरु हुन लागेको हो । संस्थाको यो छैठौं शाखा हो ।
३ करोड लगानीमा शुरु हुन लागेको डिपार्टमेण्ट स्टोरमा ग्रोसरी, लिक्वेर, किचन, कपडा, जुत्ता, इलेक्ट्रोनिक्स आइटम लगायत रहने छ । स्टोरले स्वदेशी उत्पादनलाइपनि प्राथमिकतामा राख्ने जनाइएको छ ।
डिपार्टमेण्ट स्टोरमा सबैखाले उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सरल तरिकाले उपलब्ध गराउँदै मिनि सुपर मार्केटको कन्सेप्टमा अघि बढाइने सहकारीका पोखराका म्यानेजर रमेश न्यौपानेले जानकारी दिए ।
स्टोरको आफ्नैं एप्स मार्फत डिपार्टमेण्ट स्टोरमा उपलब्ध सामग्रीका बारेमा उपभोक्ताहरुले जानकारी लिन सक्नेछन् ।
हाल सहकारी संस्थामा २३ तथा डिपार्टमेण्ट स्टोरमा २१ गरि ४४ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । कोरोना संक्रमणका कारण नेपालमा धेरैले रोजगारी गुमाएको अवस्थामा संस्थाले नेपाली युवाहरुलाई नेपालमै रोजगारीको प्रवन्ध मिलाएर आफ्नैं देशमा बस्ने वातावरण श्रृजना गर्ने लक्ष्य रहेको न्यौपानेले बताए ।
यसअघि भक्तपुर, डडेल्धुरा, दाङको तुल्सीपुर, हेटौंडा र सुर्खेतमा डिपार्टमेण्ट स्टोर खुलिसकेको छ । संस्थाले छिट्टनै बाग्लुङमा पनि अर्को शाखा शुरु गर्ने जनाएको छ । त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा पनि शाखा विस्तार गरिने जनाइएको छ । एक वर्ष भित्र पोखराका विभिन्न स्थानमा ४ शाखा खोलिने पनि म्यानेजर न्यौपानेले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







