बाराही सहकारीको भित्तेपात्रो विमोचन


     एभरेस्ट आवाज    
     वैशाख ५ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा १७ स्थित बिरौटामा रहेको बाराही बचत तथा ऋण सहकारी संस्थाले नव बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सहित भित्तेपात्रो विमोचन गरेको छ ।

संस्थाका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष तथा सल्लाहकार दुर्गा बहादुर गुरूङ र सल्लाहकार बाबुराम बरालबाट संयुक्त रूपमा नयाँ बर्षको भित्तेपात्रो विमोचन गरेका हुन् ।

कार्यक्रममा उपाध्यक्ष दिनबन्धु गौतमले स्वागत्, लेखा संयोजक प्रेमनारायण अधिकारी, निवर्तमान अध्यक्ष तथा सल्लाहकार दुर्गा बहादुर गुरूङ र सल्लाहकारहरू बाबुराम बराल,प्रकाश चन्द्र गुरूङ, गोबिन्द कुमार श्रेष्ठ, मुकुन्द राज अर्याल र संचालक धर्मदत्त तिमिल्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कास्की जिल्ला कार्यक्षेत्र भै “छरिएर रहेको पूँजि संचय गरि आर्थिक उन्नति गरौं “ भन्ने मुल नारा लिई, २०५६ मा स्थापना भएको सहकारीमा हाल ७ सय २६ जना सेयर सदस्यहरू रहेको व्यबस्थापक नारायण पहारीले बताए । संस्थाको सेयरपूँजि ६ करोड २४ लाख ६३ हजार रहेको उनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।