फाइल फोटो
सरकारले कोरोना परीक्षण निःशुल्क गर्न सबै सरकारी प्रयोगशालालाई परिपत्र गर्ने भएको छ।
कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टम (आइसीएस) बैठकले लक्षण भएका तथा कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका कन्ट्याक्टहरुको कोरोना परीक्षण निःशुल्क गर्न परिपत्र गर्ने निर्णय गरेको हो।
यस्तै, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको अनिवार्य रुपमा बी–वान फारम भरिएको वा आइएमयूमा इन्ट्री हुने व्यवस्थाका लागि पत्राचार गर्ने निर्णय पनि गरेको छ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै नेपालमा संक्रमितहरुको संख्यामा अत्यधिक बृद्धि आएको छ। देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा आइतबार मात्रै थप ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







