तनहुँ दमौलीका मोहन बतासले दिए अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानलाई १ लाख रुपैयाँ सहयोग गरेका छन्।
हङकङमा रेष्टुरेन्ट व्यवसायमा सक्रिय वरिष्ठ सेफ बतासले कोभिडको समस्या जटिल भइरहेका बेला बतास फाउण्डेशनले देशभर सानो रकमबाट थालेको अभियान उपयुक्त लागेर सहयोग गरेको बताएका छन्।
देशमा अक्सिजनको चरम अभावका कारण कैयौं मानिसको ज्यान गए पछि अक्सिजन प्लान्ट देशमै स्थापनाका लागि बतास अर्गनाइजेसनका आनन्द बतासको सक्रियतामा संचालित १ सय रुपैयाँ अभियान जारी छ।
अभियानअन्तर्गत जेठ ५ गतेसम्म संकलित रकमबाट अक्सिजन प्लान्ट स्थापना गरिने फाउन्डेशकाा आनन्द बतासले जानकारी दिएका छन्। डिजिटल पेमेन्ट गर्नसकिने अभियानमा देश तथा विदेशबाट ठूलो संख्यामा नागरिकले साथ दिएको फाउन्डेसनले जनाएको छ।
पछिल्लो समय कोरोना लगायतका विरामीहरुका लागि अक्सिजन अभाव भएपछि संक्रमितको उपचार अवरुद्द भई संक्रमितहरको असामयिक निधन भइरहेको अवस्थामा सजहताका लागि गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अधिकतम क्षमताको अक्सिजन प्लान्ट निर्माण गर्ने अभियान संचालन गरिएको हो। अभियानलाई पोखराको पस्र्याङस्थित एभरेस्ट एफ.एम. ९३ मेघाहर्जले अफिसियल मिडियाको रुपमा भूमिका निभाउँदै आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







