पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार हुने भएको छ । सरकारसँग सम्झौता भएसँगै पोखराको जिएमसी र मणिपालले कोरोना संक्रमित व्यक्तिको निःशुल्क उपचार गर्ने भएको हो ।
सरकारले नोभल कोरोना भाइरस (कोभिड–१९) केयर युनिट सञ्चालनका लागि ३० भन्दा बढी अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता गरेका कलेजहरु मध्ये पोखराको जिएमसी र मणिपाल शिक्षण अस्पतालपनि हुन् ।
सरकारले जिएमसी र मणिपालसँगै नोवल मेडिकल कलेज टिचिङ हस्पिटल, नेसलन मेडिकल कलेज बिरगञ्ज, जानकी मेडिकल कलेज जनकपुर, सिभिल सर्भिस हस्पिटल, चितवन मेडिकल कलेज भरतपुर, नेसनल मेडिकल कलेज जोरपाटी, पिपल्स डेन्टल कलेज एण्ड डेन्टल हसिपटल, काठमाडौं नेसनल कलेज घट्टेकुलो, बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनलगायतका हस्पिटलहरु छन् ।
यी हस्पिटलहरुमा पहिले कोरोनाको सशुल्क उपचार हुँदै आएको थियो । तर अब भने निःशुल्क उपचार हुने सरकारले बताएको छ । उपचारमा लागेको खर्च सरकारले बेहोर्छ । यसका लागि सरकारले संक्रमितको अवस्था हेरेर ३ हजार ५ सय देखि १५ हजारसम्म उपचार खर्च अस्पताललाई प्रदान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले निःशुल्क उपचार गर्ने भनेपनि अस्पतालले भने जटिल अवस्थाका विरामीको उपचारका लागि १५ हजार भन्दा बढी खर्च लागेको खण्डमा विरामी आफैले तिर्नुपर्ने बताएको छ । जिएमसी कलेजकी मेडिकल सुपरिटेण्डेन्ट टुमाया घलेले सरकारले सामान्य अवस्थाको कोरोना विरामीको लागि ३ हजार ५ सय, मध्यम अवस्थाको विरामीको ७ हजार ५ सय र जटिल प्रकारको विरामीको लागि १५ हजार बेहोर्ने गरि सम्झौा भएको बताईन् । तर जटिल प्रकारको विरामीका लागि अक्सिजनको मात्रा, रेम्डिसिमरलगायतका महंगो औषधीको प्रयोग गर्नुपरेको खण्डमा १५ हजार सरकारले बेहोर्ने भएपनि त्यस भन्दा माथि लागेको खर्च विरामी आफैले तिर्नुपर्ने उनको भनाई छ । सबै सरकारले बेहोर्ने भनेको होइन,‘१५ हजारसम्म सरकारले बेहोर्ने, त्यो भन्दा धेरै आएमा विरामीले बेहोर्ने सम्झौता भएको हो’–उनले भनिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







