अक्सिजन प्लान्ट स्थापनार्थ सहयोग आउने क्रम जारी , माछापुच्छ्रे बैंकको ५ लाख सहयोग


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पोखरा । पोखरामा नगरिक स्तरबाट थालिएको अक्सिजन प्लान्ट स्थापनाका लागि माछापुच्छ्रे बैंक लिमिटेडले ५ लाख रुपैया सहयोग गरेको छ ।

बैंकले संस्थागत उत्तरदायित्व अन्र्तगत पछिल्लो समय बढ्दै गएको कारोना भाइरस कोभिड–१९ महामारीको जोखिम न्यूनिकरण तथा अक्सिजन अभावलाई मध्यनजर गर्दैै ५ लाख सहयोग गरेको हो ।

यस्तै, अक्सिजन प्लान्ट स्थापनार्थ बगालेटोल निवासी राजेन्द्रकुमार बाटाजुले १ लाख ११ हजार ५ सय, अस्पतालका संरक्षक मेजर बीरसिंह गुरुङ स्मृति प्रतिष्ठानले १ लाख ५ हजार ५५५, अनन्ता सामुदायिक सेवा समिति बिन्दबासिनीबाट १ लाख १ हजार १११, मार्फा थकाली युवा सञ्जाल चापापानी–पोखरा १२ की अध्यक्ष सुकमाया हिराचनले १ लाख, काँहु घोथाने परिबारका तर्फबाट ५५ हजार ५५५ रुपैयाँ आज फाउन्डेसनको खातामा जम्मा भएको छ ।

यस्तै शुक्रबार नै चिप्लेढुंगा मिसा पुच, मोहोरियाटोल निवासी कृष्णबहादुर श्रेष्ठ, थ्री सिस्टर्स एड्भेन्चर ट्रेकिड.प्रा.लि.का तर्फबाट ५०÷५० हजार, चिन्तनशिल महिला समूह मालेपाटनबाट २५ हजार १२५, सामाजिक अभियन्ता तथा नगरिक समाज पोखराका पूर्व अध्यक्ष रामबहादुर पौडेलले २५ हजार, पृथ्वी चोक मिसा पुच परिवारबाट १५ हजार, लायन्स क्लब अफ पोखरा समृद्दिबाट १० हजार, छोरेपाटन निवासी मिना छेत्री र नबिन भट्टराईबाट ५÷५ हजार सहयोग रकम प्राप्त भएको अक्सिजन प्लान्ट महाअभियानका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

पश्चिमान्चल क्षेत्रिय अस्पतालमा अधिकतम क्षमताको अक्सिजन प्लान्ट स्थापनाको लागि बतास फाउन्डेसनको समन्वयमा शुरु गरिएको महाअभियानमा हालसम्म ३ करोड ३३ लाख ६९ हजार ५१ रुपैया प्रतिवद्धता भइसकेको छ । भने १ करोड ५१ लाख ७ हजार ६४९ महअभियानको खातामा जम्मा भइसकेको अक्सिजन प्लान्ट निर्माण समितिका अध्यक्ष आनन्दराज बतासले बताएका छन् ।

५ करोड लागतमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्ट गण्डकी प्रदेशकै सबैभन्दा ठूलो प्लान्ट हुने र यो दैनिक १ सय ५० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको हुने जनाइएको छ ।

एभरेस्ट एफ.एम.९३ मेगाहर्ज क्याम्पेन पार्टनर रहेको यो अभियानमा सबै पोखरेलीलाई अपनत्व महसुस गराउन ‘रु १०० दान गरौं,महामारीमा प्रण राखौं । ‘महाअभियानमा अन्य थुप्रै क्षेत्रबाट पनि सहयोगको प्रतिवद्धता भइरेहेको उनले बताए ।

यो अभियानमा पोखराका समाजसेवी,व्यवसायी, उद्यमी, नागरिक समाज, सामाजिक संघ संस्था , सञ्चार प्रतिष्ठान र सर्बसाधारण सबैलाई सहकार्यको लागि अनुरोध गरिएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड ,पोखरा शाखा । बतास फाउन्डेसनको खाता नम्बर ६५०१०१००००४७७ मा जोसुकैले रु १०० देखि जतिसकै रकम आफ्नो स्वेच्छाले जम्मा गर्न सकिने क्याम्पेन पार्टनर संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।





सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।