१० महिनामा गण्डकी प्रदेशको बजेट खर्च ३६.८३ प्रतिशत


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा पछिल्लो १० महिनामा ३६.८३ प्रतिशत बजेट खर्च भएको छ ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा ३५ अर्ब ७२ करोड १२ लाख बजेट विनियोजन गरेकोमा आर्थिक वर्षको १० महिनाको अवधीमा अर्थात बैशाख मसान्त सम्ममा ३६.८३ प्रतिशत बजेट खर्च गरेको गण्डकी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस अवधीमा प्रदेश सरकारले चालुतर्फ ३१.८ र पुँजिगततर्फ ४०.११ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

चालुतर्फ १४ अर्ब ८ करोड २० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले १० महिनाको अवधीमा चालु खर्चतर्फ ४ अर्ब ४७ करोड ६८ लाख अर्थात ३१.८ प्रतिशत खर्च गरेको छ । पुँजिगततर्फ २१ अर्ब ६३ करोड ९२ लाख बजेट विनियोजन गरेकोमा बैशाख मसान्त सम्ममा ८ अर्ब ६७ करोड ९२ लाख अर्थात ४०.११ प्रतिशत बजेट खर्च भएको छ ।

प्रदेशको सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयका लागि १६ अर्ब २० करोड ५६ लाख बजेट विनियोजन भएकोमा बैशाख मसान्त सम्ममा ७ अर्ब ८५ करोड ६० लाख अर्थात ४८.४८ प्रतिशत बजेट खर्च गरेको छ ।

दोश्रो धेरै बजेट भएको सामाजिक विकास मन्त्रालयलाई ५ अर्ब २८ करोड २८ लाख बजेट विनियोजन भएकोमा १ अर्ब ६९ करोड ८० लाख अर्थात ३२.१४ प्रतिशत खर्च भएको छ ।

प्रदेशको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयलाई ३ अर्ब १८ करोड १६ लाख बजेट विनियोजन भएकोमा ६२ करोड ६३ लाख अर्थात १९.६९ प्रतिशत बजेट खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयलाई १९ करोड ६३ लाख बजेट विनियोजन भएकोमा ४ करोड ३४ लाख अर्थात २२.१५ प्रतिशत बजेट खर्च गरेको छ ।

यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९० करोड २४ लाख विनियोजन भएकोमा ७२ करोड १३ लाख अर्थात ३७.९२ प्रतिशत खर्च गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ६१ करोड ६० लाख बजेट विनियोजन भएकोमा २२ करोड २० लाख अर्थात ३६.०४ प्रतिशत खर्च भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।