सरकारले पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको लागि ८ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ । सरकारले आज सार्वजनिक गरेको बजेटमा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको लागि ८ अर्ब ५० करोड बजेट बिनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा उल्लेख गरे ।
आगामी आर्थिक वर्ष भित्रमा सञ्चालन गर्नेगरी बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले उल्लेख गरे ।
जुलाई २०२१ सम्ममा सञ्चालनमा आउनेगरी निर्माण भइरहेको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको विमानस्थलले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






