पोखरा रंगशालालाई पूर्णता दिइने, तर बजेट उल्लेख भएन


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित




पोखरा रंगशाला

सरकारले पोखरा रंगशाला निर्माणलाई पूर्णता दिने बताएको छ । सरकारले शनिबार सार्वजनिक गरेको बजेटमा पोखरा रंगशालालाई पूर्णता दिने जनाएको हो । अर्थमन्त्री विष्णु पौडेलले वाचन गरेको बजेटमा पोखरा रंगशाला निर्माण गरिने उल्लेख गरिएपनि बजेट भने उल्लेख गरिएको छैन ।

सरकारले खेलकुदका लागि २ अर्ब ७४ करोड बजेट बिनियोजन गरेको छ । सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट बिनियोजन गरेको छ । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद यहि आर्थिक वर्षमा सम्पन्न गर्ने घोषणा गरिएपनि कोरोनाका कारण हुन सकेको छैन । खेलकुद मन्त्रालयले आगामी मंसिरदेखि फागुन भित्रमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी गरेको छ ।

सरकारले १६८ स्थानिय तहमा खेलग्राम स्थापना गर्नेपनि जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।