बजेटमा समेटिएन पर्वतको फलामखानी


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित




सरकारले विगतका वर्षहरुमा पर्वतको फलामखानी उत्खनन गर्ने विषय बजेटमा उल्लेख गरेपनि यसवर्ष भने बजेटमा नसमेटेको स्थानीयहरु बताउँछन्।

गतवर्षको नीति तथा कार्यक्रममा सरकारले पर्वतको फलामखानी उत्खनन गर्ने उल्लेख गरेको थियो।

तर, नीति तथा कार्यक्रममा परेपनि बजेट भने दिइएको थिएन। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नवलपरासीको धौबादीमा फलामखानीको अन्वेषण गर्ने उल्लेख गरेपनि पर्वतको फलामखानीबारे भने केही सम्बोधन गरेका छैनन्।

आज भन्दा २८ वर्ष अगाडीसम्म महाशिला गाउँपालिका ६ फलामखानीको खानी उत्खनन गरेर स्थानीयले आम्दानी गर्दै आएका थिए। बनका ठूलाठूला रुख काटेर कोइला बनाएर फलाम निकाल्ने गरिन्थ्यो। फलाम पगाल्न रुख काट्दा बन मासिएको भन्दै त्यतिबेलाको सरकारले फलामखानी उत्खनन रोकेको थियो। त्यसयता, सरकारले यहाँको फलामखानी पुनः संचालन गर्न चासो दिएका छैनन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।