युवा उद्यमी मञ्च पोखरा (एनवाईईएफ)ले पोखराका दुई कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । एनवाईईएफ पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (जसलाई अहिले कोभिड अस्पताल बनाइएको छ) र सरुवा तथा संक्रामक रोग अस्पताल लेखनाथलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

एनवाईइएफका अध्यक्ष सुनिलबहादुर भट्टराई नेतृत्वको टोलीले आज एक कार्यक्रमका बीच ती दुई अस्पताललाई अक्सिजन सिलिण्डर, अक्सिजन मास्क, पिपीई सेट, फेस सिल्ड, अक्सिमिटर, सेनिटाइजर, सर्जिकल मास्कलगायत ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । कार्यक्रममा एनवाईइएफका अध्यक्ष सुनिलबहादुर भट्टराई र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा.डुकबहादुर क्षेत्री र सरुवा तथा संक्रामक रोग अस्पताल लेखनाथका प्रमुख कार्यकारी अधिकृत डा. विकास गौचनलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







