सांसद गौतम र खिमविक्रमको प्रश्न : प्रदेश संसद विघटन गर्ने नियतले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नराखिएको हो ?


     एभरेस्ट आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेश सांसदहरुले संघमा जस्तै प्रदेश सभापनि विघटन गर्न खोजेको हो भनेर प्रश्न गरेका छन् । गण्डकी प्रदेश सभामा प्रस्तुत बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै बिपक्षी गठबन्धनमा आबद्ध दलका सांसदहरुले संघ सरकारले संसद विघटन गरेजस्तै प्रदेश संसदपनि विघटन गर्न खोजिएको हो ? भनेर प्रश्न गरेका हुन् । प्रदेश सभा बैठकमा बोल्दै कांग्रेस सांसद ओमकला गौतम र जनमोर्चाका सांसद खिमविक्रम शाहीले यस्तो प्रश्न यस्तो प्रश्न गरेका हुन् ।

संघ सरकारलेजस्तै प्रदेश सरकारलेपनि निर्वाचन क्षेत्र, पूर्वाधार विकास कार्यक्रम नराखेकाले कतै संघमाजस्तै प्रदेश संसद विघटन गर्न खोजेको त होइन भनेर शंका गरे । बैठकमा बोल्दै सांसद ओमकला गौतमले भनिन्,‘यहाँपनि संसद मार्ने नियत देखिन्छ, यसैले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राखिएन । किनकी संघमाजस्तै यहाँपनि संसद विघटन गर्ने नियत देखिन्छ ।’

जनमोर्चाका सांसद खिमविक्रम शाहीलेपनि संघकै नियति प्रदेशमा पनि दोहोरिने हो ? भनेर प्रश्न गरे । उनले भने,‘संघमा जस्तै प्रदेशमा पनि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम राखेको देखिएन । के यहाँपनि संघमाजस्तै संसद विघटन गर्ने नियतमा छ र सरकार ? ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।