हाम्रो सहयोगी साकोसद्वारा संक्रमण तथा सरूवा रोग अस्पताललाई सहयोग


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित




पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाद्वारा लेखनाथको मोहोरियास्थित संक्रमण तथा सरूबा रोग अस्पताल स्वास्थ्य सामग्री सहयोग गरेको छ।

सहकारी संस्थाको १२ औ बाषिकोत्सबको अवसरमा स्वास्थ्य तथा जिन्सी सामग्री सहयोग गरेको हो ।

सहकारीका अध्यक्ष शुक्र राज कंडेलले अस्पतालका निर्देशक बिकास गौचनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा सहकारीका सह–सचिव कृष्णप्रसाद तिमिल्सिना, कोषाध्यक्ष रूद्रबहादुर बिश्वकर्मा, संचालक दीपेन्द्र शर्मा, शिवसंसार श्रेष्ठ, ब्याबस्थापक जीवन अधिकारीलगायतका पदाधिकारीहरूको उपस्थिति थियो। साथै अस्पतालको तर्फबाट सुचना अधिकारी केदारनाथ लामिछाने, श्रीभद्र कंडेल, नेत्रप्रसाद अधिकारी लगायतको उपस्तिथिमा सामाजिक दूरी कायम गरि कार्यक्रम गरिएको थियो।

कायक्रममा सहकारीका अध्यक्ष शुक्रराज कंडेलले सहयोग समाग्री हस्तान्तरण गर्दै लामो इतिहास र फरक पृष्ठभूमिबाट स्थापना भई गरिब दुःखी तथा विशेषगरि ग्रामीण भेगका स्थानीय ब्यक्तिहरूको सफल उपचार गरेर मन जित्न सफल अस्पताललाई सहयोग गर्न पाएकोमा खुशी ब्याक्त गरे।

त्यस्तै, अस्पताल प्रमुख बिकास गौचनले संस्थालाई अति आबस्यक स्वास्थ्य सामाग्री सहयोग आएपछि बिरामी तथा बिरामी कुरूवाहरूलाई समेत सहज हुने बिस्बास ब्यक्त गरे।

संस्थाका सह–सचिब कृष्णप्रसाद तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए।

मुठ्ठीदेखि सबस्र्व दान गरि स्थानीयको सक्रियतामा पोखराको मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालको रुपमा स्थापना भएको अस्पताललाई हाल गण्डकी प्रदेशकै ठूलो संक्रमण तथा सरूबा रोग अस्पतालका रुपमा संचालनमा ल्याइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।