तस्बीरः एजेन्सी
विश्वकै प्रतिष्ठित मानिने यस वर्षको पुलित्जर पुरस्कार भारतीय मूलकी अमेरिकी पत्रकार मेघा राजगोपालनले हात पारेकी छन्।
हिरासत शिविरमा रहेका चिनियाँ मुस्लिम उइघुर र अन्य अल्पसंख्यक जातिहरुबारे ‘बजफीड न्यूज’मा प्रकाशन गरेको खोजीमूलक समाचारका लागि उनले पुलित्जर अवार्ड जितेकी हुन् ।
पत्रकारिता क्षेत्रमा उत्कृष्ट कामका लागि अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया यूनिभर्सिटीबाट दिइने यस पुरस्कार मेघाले १०५ औँ संस्करणको अवार्ड जितेकी हुन्। गत वर्ष अफ्रिकन अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्यामाथि गैर पत्रकार किशोरी डर्नेल्ला फ्राजीरले तयार पारेको डकुमेन्ट्रीका लागि पुलित्जर अवार्ड प्रदान गरिएको थियो।
फ्लोइडको हत्याको क्रममा डर्नेल्लाले आफ्नो स्मार्टफोनबाट खिचेको भिडियो फूटेज छोटो समयमै विश्वभर भाइरल बनेको थियो। उनको साहसी कामको प्रशंसा गर्दै गत वर्षको पुरस्कार घोषणा गरिएको थियो।
मेघाले आफ्नो रिपोर्टमार्फत चीनको सामूहिक हिरासत केन्द्रको वास्तविकता विश्वमाझ ल्याएकी थिइन्। उनले स्याटेलाइट तस्बिरको विश्लेषण गरेर चीनमा लाखौँको संख्यामा उइगुर मुसलमानलाई कैद गरेर राखेको विवरण पत्ता लगाएकी थिइन्।
राजगोपालन र उनका सहयोगीहरुले चिनियाँ हिरासतमा बसेर छुटेका २ दर्जन मुस्लिम उइघुरको अन्तरवार्ता गर्दै स्याटलाइट इमेजरीको समेत प्रयोग गरेका थिए। पुरस्कार घोषणा भएपछि पत्रकार राजगोपालनले आफूले यस्तो अपेक्षा नगरेको भन्दै आश्चर्य प्रकट गरेकी छन्।
पहिले चीनबाट रिपोर्टिङ गरेकी राजगोपालन आफ्नो स्टोरीका लागि त्यहाँबाट भागेर छिमेकी देश काजकस्तान पुगेकी थिइन्। त्यहाँ पुगेर उनले चीनको हिरासतबाट भागेका मुस्लिम अल्पसंख्यकहरुसँग अन्तर्वार्ता गरेकी थिइन्।
आफ्नो रिपोर्टिङ अवधिभर राजगोपालनले चीन सरकारबाट उत्पीडन सहनु परेको बताइएको छ। चीनमा अल्पसंख्यकको मानव अधिकार उल्लंघन भएको घटनालाई स्टोरीको श्रृंखला नै प्रकाशन गरिएको छ। जसका आधारमा अमेरिका र अन्य पश्चिमा अधिकारीहरुले चीनको नरसंहारको रुपमा टिप्पणी गरेका छन्।
राजगोपालनले आफ्ना पिताले दिएको बधाई सन्देश ट्विटरमा पोस्ट गरेकी छन्। यस म्यासेजमा उनका पिता मेघालाई पुलित्जर पुरस्कार मिलेकोमा बधाई दिइरहेका छन्।
उनका पिताले लेखेका छन्, ’मेघा, मम्मीले यो सन्देश फरवार्ड गरेकी हुन्। पुलित्जर पुरस्कार। धेरै राम्रो ।’ जसको जवाफमा मेघाले धन्यवाद भन्दै जवाफ दिएकी छन्।
मेघासँगै इन्टरनेट मिडिया बजफिड न्युजका दुई पत्रकारलाई पनि पुलित्जर पुरस्कार दिइएको छ। भारतीय मूलका पत्रकार नील बेदीलाई पनि स्थानीय रिपोर्टिङ क्याटेगोरीमा पुलित्जर पुरस्कार दिइएको छ। उनले फ्लोरिडामा सरकारी अधिकारीबीच तस्करीलाई टम्पा बे टाइम्सका लागि खोजमूलक रिपोर्टिङ गरेकी थिइन्।
पत्रकारिताको क्षेत्रमा पुलित्जर पुरस्कार सबैभन्दा पहिले सन् १९१७ मा दिइएको थियो। यसलाई पत्रकारिता क्षेत्रको सबैभन्दा प्रतिष्ठित सम्मान मानिन्छ ।
पहिले यो पुरस्कार समारोहको आयोजन १९ अप्रिलमा हुने गरेको थियो। तर, यसवर्ष जुनसम्म स्थगित गरिएको थियो । अघिल्लो साल पनि विजेता घोषणा दुई साता ढिला भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







