गण्डकी प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित




फाइल फोटो

गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धन सरकारले आज (सोमबार) नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।

सरकार गठन भएको ३ दिनमै गठबन्धन सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको हो।

नीति तथा कार्यक्रम कसरी ल्याउने भन्नेबारे हिँजो (आइतबार) मुख्यमन्त्री पोखरेलले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पनि छलफल गरेको श्रोतले बताएको छ। यसअघि नै गुरुङको सरकारले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।