गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित, आजै ४ बजे बजेट प्रस्तुत हुने


     एभरेस्ट आवाज    
     असार १ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले सोमबार सरकाको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेकी थिइन् । प्रदेश सभाको आजको बैठकमा नीति तथा कार्यक्रममा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिएका थिए । मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो । प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट पनि आजै ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री पोखरेलले आज अपरान्ह ४ बजे बस्ने बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।