कोरोनाका कारण अभिभावक विहिन बालबालिकालाई मासिक ४ हजार


     एभरेस्ट आवाज    
     असार १ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक राहत उपलब्ध गराउने भएको छ ।


आर्थिक वर्ष २०७८/७९ का लागि सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।


मुख्यमन्त्री पोखरेलले कोरोना महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई समाजिक सुरक्षा बापत मासिक रु ५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाएको बताए ।

साथै कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिहरुको परिवारका लागि आर्थिक साहायता स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाएको उनले बताए ।
प्रदेशमा हालसम्म ८५४ जनाको मृत्यु भइसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।