गण्डकी सरकारले द्वन्द पिडित तथा सहिद परिवारको तथ्याङ्क संकलन गर्ने


     एभरेस्ट आवाज    
     असार १ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले द्वन्द पिडित तथा सहिद परिवार र द्वदका क्रममा घाइते नागरिकको तथ्याङ्क संकलन राहत उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गर्ने भएको छ ।

प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट सार्वजनिक गर्दै उनीहरुको तथ्याङ्क संकलन गरी परिचय पत्रको व्यवस्था गर्न, राहत प्रदान गर्न, सहिद स्मारकहरुको संरचनाहरुको मर्मतसम्भारको आवश्यक बजेट विनियोजन गरेको जनाएका छन् ।

मुख्यमन्त्री पोरखरेलले सो शिर्षकमा कति बजेट विनियोजन भएको भन्ने बारेभने खुलाएनन् ।

अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेश सभा बैठकमा कुल ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट घोषणा गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।