जडीबुटी संकलनका लागि गएका ४ जनाको हेलि उद्दार


     एभरेस्ट आवाज    
     असार ७ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

गोरखा । गोरखामा जडीबुटी संकलनका लागि गएका ४ जनालाई हेलिकोप्टर मार्फत उद्दार गरिएको छ ।

गत जेठ २६ गतेबाट जडीबुटी संकलनका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ र लमजुङको सिमानामा पर्ने बौद्ध हिमालमा अलपत्र परेका ४ जनाका सोमबार हेलिकोप्टर मार्फत सकुशल उद्दार गरिएको हो ।

जडीबुटी संकलनकै क्रममा एक जनाको भने मृत्यु भएको प्रहरीले जनाएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासका २४ वर्षिय सुरेन्द्र गुरुङको भने मृत्यु भएको जनाइएको छ ।

यद्यपी उनको शव हालसम्मपनि फेला नपरेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।