अफगानिस्तानबाट सैनिक फिर्ता गरेकोमा पश्चाताप छैनः राष्ट्रपति बाइडेन


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफागानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयप्रति कुनै पश्चाताप नरहेको स्पष्ट पारेका छन्।विभिन्न देशका नेताहरुले अफगानिस्तानबाट सैनिक फिर्ता गरेर अमेरिकाले गलत गरेको आरोप लगाइहेका बेला बाइडेनको प्रतिक्रिया आएको हो।

उनले अफगानिस्तानका सबै नेताहरुलाई एकढिक्का हुन आव्हान गर्दै‘आफ्नो देशका लागि लड्न’आग्रह गरेका छन्। २० वर्ष लामो सैन्य कारवाही पछि अमेरिकी सेना आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट फर्किसक्ने छ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।