नेपालमा झण्डै १ लाख ४५ हजार संक्रमित ‘डिस्चार्ज’


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित




फाइल तस्विर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम ।

कार्तिक १९ काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ४४ हजार नौ सय ७८ पुगेको छ ।

बुधबार देशभरबाट थप ३ हजार ८४४ जना डिस्चार्ज भए संगै कोरोना संक्रमण मुक्त हुनेको संख्या बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै सोही अवधीमा तीन हजार तीन सय नौ जनामा कोरोना संक्रमण भएको छ । हालसम्म नेपालमा कारोना पुष्टि हुनेको संख्या एक लाख ८२ हजार नौ सय २३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार एक सय ४४ जनाको नमुना परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा ३६ हजार नौ सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । भने एक हजार तीन सय पाँच जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।