पछिल्लो २४ घण्टामा कोरोनाले पोखराका ५ सहित गण्डकीमा ६ जनाको मृत्यू


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यू भएको छ । यसअघी हिजो ८ जना मृत्यू भएकोमा बुधबार थप ६ जनाको मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो पटक कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३२ की ४२ वर्षिया महिलाको मृत्यू भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको उपचारको क्रममा मृत्यू भएको निर्देशनालयले जनाएको छ । उनलाई कात्तिक १६ गते कोरोना पुष्टि भएको थियो । मृतक महिलामा मिर्गौला खराब, उच्च रक्तचापलगायतको समस्या रहेको जनाइएको छ ।

पोखरा २६ का ७३ वर्षिय पुरुषको आज विहान निधन भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै उपचाररत उनको आज विहान ७ ः२५ बजे निधन भएको निर्देशनालयले जनाएको छ । निमोनियाका समस्या भएका ती पुरुषलाई कात्तिक १५ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, पोखरा २५ का ५२ वर्षिय पुरुषको पनि आजै मृत्यू भएको छ । कात्तिक १५ गते कोरोना पुष्टि भएका उनलाई निमोनियाको समस्या थियो । पोखरा १६ का ५९ वर्षिय पुरुषकोपनि मृत्यू भएको छ । कात्तिक १५ गते कोरोना पुष्टि भएका उनको चरक मेमोरियल अस्पताल नागढुंगामा उपचारको क्रममा मृत्यू भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी तनहुँको ब्यास नगरपालिका वडा नम्बर ४ का ७० वर्षिय पुरुषकोपनि कोरोनाले मृत्यू भएको छ । उनकोपनि पोखराको चरक अस्पतालमा उपचारको क्रममा मृत्यू भएको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

र पोखरा १६ का २८ वर्षिय युवककोपनि कोरोनाले मृत्यू भएको छ । १६ गते कोरोना पुष्टि भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यू भएको निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।