भारतीय सेना प्रमुखले गरे कुमारीको दर्शन, पशुपतिको अवलोकन


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित




कार्तिक १९ काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन धार्मिक कार्यमा व्यस्त भएका छन् ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका उनले कुमारीको दर्शन तथा पशुपतिमा विषेश पुजा गरेका छन् ।

उनले आज अपरान्ह बसन्तपुरस्थित कुमारीको दर्शन गरेका हुन् भने लगत्तै गौशलास्थित पशुपति नाथको मन्दिरमा विशेष पूजा समेत गरेका छन् ।

उनलाई बसन्तपुरबाट सैन्य स्कर्टिङमा रातोपुल हुँदै पशुपति लगिएको थियो । पशुपती दर्शनपछि प्रधान सेनापति पूर्णचन्द्र थापाले आयोजना गरेको डिनरमा सहभागी भएको जनाइएको छ ।

धर्मपत्नी विना नरवणेसहित आज मध्यान्ह भारतीय सैनिकको विशेष विमानमार्फत काठमाडौं ओर्लिएका उनलाई भोली राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने औपचारिक कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताएका छन् ।

यसैविच शुक्रबार प्रधानमन्त्री केपी शर्माओली र नरवणेबिच बालुवाटारमा भेटवार्ता हुँदैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।