सिटी वान टेलिभिजन नियमीत प्रसारणमा


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित




पोखरा । पोखराको नयाँवजारमा रहेको सिटीवान टेलीभीजनले आफनो नियमीत प्रसारण सुरु गरेको छ । एक कार्यक्रमका विच आज उद्घाटन भयो ।\
आवाज विहीनहरुको आवाज लाई वुलन्द गर्ने उद्दघोषका साथ गण्डकी प्रदेशको पोखराबाट टेलिभीजनले आफ्ना नियामीत प्रसारण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यो टेलिभीजनले मानव अधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडी वढ्नु पर्ने बताउनु भयो । उनले भने नेपालको राजनीतीमा संचार क्षेत्रले पुर्याएको योग्दान अविष्मरणीय रहेको उल्लेख गरे ।


रेडीयो नेपालबाट सुरु भयो नेपालको मिडिया क्षेत्र अहिले आम नेपालीको अधिकार सुनिस्चीत गर्ने काममा निकै अगाडी रहेको बताए । सताको विरोध गर्दै जनताको पक्षमा ओकालत गर्नुपर्ने बताए । यो सिटी वान टेलीभीजनले मिडियाको प्रतिष्पर्दामा आफुलाई अव्वल ठहराउनु पर्ने चुनौती थपीएको भन्दै नेता तथा सरकारको चाटुक्कारक तर्फ मिडिया लाग्न नहुने बताए ।


विशेष अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य खगराज अधिकारीले गण्डकी प्रदेशमा जो नेता भए पनि केन्द्रमा हस्तक्षप हुनेगरी राजनीती गर्न अनुरोध गरे । पुर्व स्वाथ्य मन्त्री समेत रहेका अधिकारीले आम नागरीकको स्वतन्त्रताको लागी पनि मिडियाले ठुलो भुमीका रहेको भन्दै पछिल्लो समय न्यायलयमा रवैया देखिएको प्रति आपत्ती जनाएका थिए ।


टेलीभीजनका अध्यष पवन प्रजापतीले यो कोरोना कहरका विचमा पनि टेलिभीजन संचालन गर्नु आफैमा चुनौती रहेको भन्दै दुर दराजका आवाज विहीनहरुको आवाजलाई आम दर्शक माझ ल्याउन यो टेलिभीजन संचालन गरेको बताए ।


सिटीवान टेलीभिजनले आफ्ना कार्यक्रमहरु विभीन्न सामाजीक संजाल तथा मोवाइल एप , वेभसाइड मार्फत हेर्न सकिने टेलीभीजनका प्रवन्ध निर्देशक अनिषा श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पत्रकार पोखराका विभीन्न उद्योग व्यवसायी , सामाजीक अगुवाहरु लगायतको उपस्थीती रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।