पोखरा । बिहीबार बिहान लमजुङमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । ९ जना घाइते भएका छन् ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका २ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको ग १ ज ६३१७ नम्वरको जिप पर्यटकीय गाउँ भुष्मे तर्फ जानेक्रममा दुर्घटना भएको हो । दुर्घटनामा एक जना शिक्षक र २ जना विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
मृत्यु हुनेमा कपिलबस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिसा गुरूङ र सेग्लेका गणेश भण्डारी छन्।
दुघर्टनाका मृतक र घाइतेलाई जिल्ला अस्पताल बेसीशहर लगेको लमजुङ प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।
कक्षा ७ र ८ का विद्यार्थीलाई २ वटा जिपमा राखेर घुमाउनका लागि पर्यटकीय भुष्मे गाउँतर्फ लैजाने क्रममा सो दुर्घटना भएको हो ।
जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







