सहाना प्रधान स्मृती महिला हक्की : गण्डकी २-० ले लुम्बिनि सङ्ग बिजयी हासिल


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७८ मा प्रकाशित




पोखरा ।चौथो सहाना प्रधान स्मृती महिला हक्कीमा गण्डकी प्रदेश २ – ० ले लुम्बिनि सङ्ग बिजयी हासिल गरेको छ ।

नेपाल हक्की संघको आयोजनामा वीरगन्जको आदर्शनगर खेल मैदानमा आज भएको प्रतियोगितामा गण्डकीका क्याप्टेन नानु गुरुङ र कमला देवि घार्ति मगरले १र१ गोल गरेका हुन् ।

त्यस्तै आज भएको पहिलो प्रतिष्पर्धामा आर्मीले प्रदेश १ लाई ७–० गोलले पराजित गरेको छ ।

प्रतियोगितामा ६ टिम सहभागी छन् । समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, मधेस र प्रदेश १ तथा समूह ‘बी’ मा सुदूरपश्चिम, गण्डकी र दोश्रो संस्कणको विजेता लुम्बिनी छन् । आर्मी पहिलो संस्करणको पनि विजेता हो । फाइनल खेल माघ ८ गते हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।