फेदीखोला ३ मा कांग्रेसका कृष्णबहादुर रानाभाट प्यानलसहित विजयी


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका ३ मा नेपाली कांग्रेसका कृष्णबहादुर रानाभाट प्यानल सहित विजयी भएका छन् ।

उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका परशुराम रानाभाटलाई २३९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

वडा सदस्ययमा शिवप्रसाद लामिछाने (७४५), कुलबहादुर रानाभाट (७०१), महिला सदस्यमा राधिका पौडेल ६८९ र दलित महिला सदस्यमा सुमिता मिजार (६८६) मतसहित विजयी भएका छन् ।

उनीहरुका निकटम प्रतिद्वन्दी नेकपा एमालेका प्रत्यासी अभिषेक अधिकारीले ४९८, लालबहादुर रानाभाटले ४७२, गिता शर्माले ५५२, प्रमिला सुनारले ५३० मत ल्याए ।

सो वडामा एक हजार ३०३ जनाले मतदान गरेका थिए । यसअघिपनि त्यहाँ नेपाली कांग्रेसले जितेको थियो ।

यसअघि वडा नम्वर ४ मा नेपाली कांग्रेसका ख्याम नारायण शर्मा र वडा नम्वर ५ मा कांग्रेसकै डिलबहादुर गुरुङ निर्वाचित भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।