पोखरा महानगरपालिका वडा नम्बर १६ मा कांग्रेसले अग्रता लिएको छ । एमाले गढको रुपमा परिचित पोखरा १६ मा कांग्रेस उम्मेदवारले अग्रता लिएको हो । हालसम्म ३ सय मत गणना हुँदा वडाध्यक्षमा कांग्रेस उम्मेदवारले १ सय ३४ मतसहित अग्रता लिएका छन् भने एमाले उम्मेदवारले १२६ मत ल्याएर पछ्याईरहेका छन् ।
उक्त वडामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई १५२ मत आएको छ भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई १ सय मत आएको छ । त्यस्तै उपमेयर पदमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङलाई १४५ मत आउँदा कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई ८९ मत आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — फोहोरलाई पुनःप्रयोग र प्रशोधनमार्फत आम्दानीको स्रोत बनाउने उद्देश्यसहित पोखरामा आरयू…







