कोरोनाबाट भिमादका ६६ वर्षिय पुरुषको मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित




मंसिर ५ पोखरा । तनहुँको भिमादका ६६ वर्षिय संक्रमित पुरुषको कोरोनाबाट पोखरामा मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत भिमाद–५ का ६६ वर्षिय पुरुषको शुक्रबार दिउँसो २ः२० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनमा गत कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक पुरुषमा कोभिडसहित निमोनिया, उच्च रक्तचाप लगायतका समस्या रहेको निर्देशनालयका निर्देशक डाक्टर बिनोद विन्दु शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३९ पुगेको छ । यस अघि निर्देशनालयले गण्डकी प्रदेशमा कोरोनाबाट ७ जनाको मृत्यु भएको विज्ञप्ती मार्फत अध्यावधिक गराएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।