श्रृङ्गारिक धाराका जननी मोतीराम


     झपट रानाभाट    
     भाद्र ११ गते २०७९ मा प्रकाशित




मोतीराम भट्ट (१९२३ भदौ २५-१९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्।

१९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए।  उनी नेपाली साहित्यको माद्यामिक कालका उज्ज्वल नक्षत्र हुन् । प्राथमिक कालका भानुभक्तलाई चर्चामा उनैले ल्याए,गुमनाम हुन सक्थे नत्र भानुभक्त वा ढिलो हुन सक्थ्यो। श्रीङ्गारिक धाराको शुरूवात सहित नेपाली साहित्यमा गजलको प्रवेश गराए। साहित्य लेखनका लागि समूह नै बनाएर अगाडि बढ्ने ,परिमार्जन र परिष्कृत गर्ने कामको थालनी उनैले गरे। नेपालमा पहिलो छापाखाना मोतीराम भट्टले नै शुरु गरेको पाइन्छ।

मोतीराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरे; भट्टले नै संवत् १९४८मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।