समानुपातिकतर्फको बन्द सूची बुझाउँदै कांग्रेस


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०७९ मा प्रकाशित





काठमाडौँ । नेपाली कांग्रेसको टोली समानुपातिक तर्फको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली सूची बुझाउन अहिले निर्वाचन आयोग पुगेको छ । महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियारलगायत नेताहरू बन्द सूची बुझाउन आयोग पुगेका कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

साथै बन्द सूचीकै बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको पार्टी कार्यालयले जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्द सूची बुझाउन असोज २ र ३ गतेको समय निर्धारण गरेको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।